काठमाडाैं: नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले स्वतन्त्र नाममा दल दर्ता गर्न नहुने बताएका छन्।
पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको सन्दर्भमा सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै थापाले स्वतन्त्र नामबाट दल दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गर्नुपर्ने बताएका हुन् ।
‘कानूनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो।
स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन, सन्दर्भ – राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा,’ थापाले फेसबूकमा लेखेका छन्।