ढुङ्गा गिट्टी बोक्ने कामले गएकि ५० बर्षीय महिला हात्तीको आ’क्रमण मा परि मृ’त्यु
यी नै हुन् ! टीकापुरमा हा’त्तीको आक्रमणबाट ज्या’न गुमाएकी ५० वर्षीया महिला टिकापुर – हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की एक महिलाको ज्या’न गएको छ ।

कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ साढे छ बजेतिर जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा ५० वर्षीया टंक सोडारीको ज्या’न गएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदारहरु हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आ’क्रमण गरेको रहेछ, नायव उपरीक्षक शाहीले भन्नुभयो, ‘उनीहरुले खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजीगर्दा करीब दुईघण्टापछि मृ’त अवस्थामा भेटिनुभयो ।’

नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्येक्षदर्शीलाई उत्घृत गर्दै शीत्तल सामुदायिक वनका अध्यक्ष सिद्ध ठकुल्लाले बताउनुभयो ।

मृ’तक सोडारीको श’व टीकापुर अस्पतालमा राखिएको छ । शनिबार नै रानी जमरा कुलरिया नहरमा डुबेर मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनाका ३५ वर्षिय गङ्ग बहादुर सहकारीको पनि ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!