काठमाडौं । राजधानीका काठमाडौंको मेयर बन्न लागि पूर्वप्रधानमन्त्रीले नै मैदानमा उत्रने तयारी गरेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी सुरु भएका छन् । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेपछि उनीमाथि विभिन्न खाले टिप्पणी सुरु भएका ह्न् ।

उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका हुन् । डा. भट्टराईले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन् । उनले आफूले जिवनमा जनताको लागि सार्थक काम गर्नको लागि जहिले पनि साथिहरूलाई भन्ने गरेको बताएका छन ।

सामाजिक सञ्जाल ट्विटरमा एक प्रयोगकर्ताले काठमाडौंको बाटो हिड्दा बाबुरामको याद आउने भन्दै काठमाडौं बनाउन बाबुराम जस्ता आँट भएका ब्यक्तिहरू आउनु पर्ने बताइका थिए । उक्त ट्विटको जवाफ दिँदै भट्टराईले मेयरमा उठ्न सक्ने सन्केत गरेका थिए ।

यस्तो छ बाबुराम भट्टराईको ट्विटः– प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ ! फ्रान्सका पूर्व प्रम Edouard Philippe अहिले त्यहको Le Havre नगरका मेयर छन्। म सधैं साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताकालागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख/मेयर बन्नोस्! कसैले सुने पो ! हाम्रो संस्कार जो छ!

जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय समितिको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो ।

प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ । दस्तावेजमाथि सा’मूहिक छलफल हुने जसपाले जनाएको छ । विसं २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो सङ्घीय परिषद् बैठक हो । विभिन्न विषय समेटिएको ३२ पृष्ठको प्रतिवेदनमा राजनीतिक शक्तिको विश्लेषणका रुपमा नेपाली काँग्रेस नेपाल कम्युनिष्ट पार्टीका घटकहरु,

राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबारे धारणा समेटिएको छ । प्रतिवेदनमा अध्यक्ष भट्टराईले काँग्रेस वैचारिक दृष्टिकोणले उदारवादी–पूँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने पार्टीका रुपमा चित्रित गरेका छन् । काँग्रेसले प्रजातान्त्रिक समाजवादको नारा लिए पनि यसको व्यावहारिक अभ्यास गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published.