काठमाडौं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जबाफ दिनुपर्ने बताए।
उनले भने, ‘ यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले तत्काल उभिएर आफ्नो कुरा प्रष्ट राखेको छ । नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन पाउँदैन् । शक्ति राष्टसँग मिलेर काम काम गर्ने हो । उनीहरुले यो गर, गर भनेर कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन हुँदैन हुँदैन भनेर जवाफ दिनुपर्छ।’
प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपीपीबारेका भ्रम र आशंकाहरुका प्वाल बन्द हुने उनले बताए।
आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदमा प्रदिप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए। उनले यो सम्झौता कुनै पनि हालतमा स्वीकार नहुने बताए।
सञ्चारमाध्यममा एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ।