नयाँ दिल्ली । भारतमा एक विमान कम्पनीले उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको खुलासा भएको छ ।

यस्तो रहस्य खुलेपछि विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले सुरक्षा नियम उल्लंघन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई १० लाख भारु जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् ।

उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । विमान कम्पनीले यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर नियम उल्लंघन गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!