काठमाडौं । तारा एयर दु’र्घटनामा ज्या’न गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम सं’स्कार गरिएको छ ।

गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दु’र्घटना भएको थियो । दु’र्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी ता’माङको मृ’त्यु भएको थियो ।

शवको पो’स्टमार्टम् सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृ’तकको अन्तिम सं’स्कार गरिएको हो ।

स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!