धरान / धरानमा मतगणना स्थगित भएकाे छ । गणनास्थाल बहिरा प्रदर्शन भइरहेकाे छ । मत पत्रमा हस्ताक्षर नभएकाे पाइएपछि प्रदर्शन भइरहेकाे बुझिएकाे छ । प्रदर्शन पछि ठुलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

तेस्तै : चुनावमा धाँधली भएको भन्दै पोखराकाे मतगणना स्थलमा एमालेको नाराबाजी’
पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेको छ । चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको स्थल जिल्ला समन्वय समितिको परिसरमा एमालेले नाराबाजी गरेको हो ।

नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ । मतगणना जारी रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएपछि बाहिर निस्केर नाराबाजी गरेका हुन् । मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकता बिच भनाभन भएपछि बाहिर निस्केका थिए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!