स्थानीय तह निर्वाचन २०७९को इपिसेन्टर बनेको छ, चितवनको भरतपुर महानगरपालिका । भरतपुर यसकारण पनि इपिसेन्टर बनेको सत्ता गठबन्धनलाई चुनौती दिने गरी कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवार दिएका छन् ।

अघिल्लो पटकको चुनावको मत परिणाम, त्यसले पारेको असर, गठबन्धन भत्काउने र बनाउने क्षमता भरतपुरले नै राख्ने भन्दै शीर्ष नेताले दिएको अभिव्यक्तिका कारण पनि भरतपुरमा चुनावी रौनक बढेको छ । प्राध्यापक, वरिष्ठ अधिवक्तासमेत रहेका नेपाल विद्यार्थी संघको संस्थापक प्रतिनिधि तथा पञ्चायतमा जेलनेल भोगेका

कांग्रेस नेता पौडेल ७० वर्ष आसपासको उमेरमा भरतपुर महानगरको उमेदवार बनेका छन्, तर स्वतन्त्र । उनीसँग प्रस्तावक समर्थकलाई कांग्रेसले कारवाही गरिसकेको छ । केन्द्रले कारवाही गर्छ भनेर जान्दा जान्दै चितवनका बहुमत नेता कार्यकर्ताले भने

साथ दिइरहेका छन् । तर, जगन्नाथ भने ‘जित सुनिश्चित’ भए पनि आफूमाथि राज्य नै लागेको, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रेनुलाई जसरी पनि जिताउने सर्वसत्तावादी सोचमा देखिएकाले परिणामका विषयमा चिन्तित रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!