नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी भित्र अवसरवाद हावी भएको आफ्नै पार्टीका कार्यकर्तामाथी आक्रोस पोखेका छन् ।

पार्टी भित्र पदका लागी जे सुकै पनी गर्ने प्रवृती मौलाएको भन्दै प्रचण्डले निकै दिक्कारी व्यक्त गरेका छन् । काठमाडौमा भएको पार्टीको आन्तरिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले हिजो शहिद बन्न झगडा गर्र्नेहरुले आज पदका लागी झगडा गर्न थालेको बताएका छन् ।

प्रज्ञाभवनमा भएको भएको प्रशिक्षण कार्यक्रममा केहि समय मिडियालाई पनि प्रवेश दिइएको थियो भने केहि समयमानै प्रत्यक्ष प्रसारण गरिरहेका मिडियालाई बाहिर निकालेर प्रचण्डले कार्यकर्ताहरुलाई गोप्य प्रशिक्षण दिएका थिए । आजको कार्यक्रममा प्रचण्डले कार्यकर्ताको अवसरवादी चरित्रप्रति खनिएको एक नेताले जानकारी दिए ।

‘पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दो छ । अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो जहाँ युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो ।’ OTV Nepal बाट

Leave a Reply

Your email address will not be published.