भरतपुर महानगरको प्रारम्भिक मत गणनामा यसअघिकी मेयर रेणु दाहाल पछि परेकी छिन् ।

१२ मत गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याएका छन् । रेणु दाहालले ३ मत र ४ मत बदर भएको छ ।
त्यस्तै रुकुमपश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन्।

उनले ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरे। सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन्।

Leave a Reply

Your email address will not be published.