काठमाडौं । काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।’ काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ ।

अहिलेसम्म २२ सय ८३ मतगणनामा बालेन शाहले ७ सय ३६ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका केशव स्थापितले ६ सय २० मत ल्याएर पच्छ्याइरहनुभएको छ ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय ३६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरतर्फ एमालेबाट उम्मेदवार बन्नुभएकी सुनिता डंगोलले अग्रता कायमै राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.