नेकपा एमालेले मुस्ताङमा जीतको खाता खोलेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा एमालेको उम्मेदवार विजयी भएका छन् । उक्त वडामा १५४ मत खसेको थियो ।

यसमध्ये १४९ मत सदर भएको घरपझोङ गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताए । जसमा एमालेका उम्मेदवारले अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जनाइएको छ ।

प्रतिद्वनद्वि कांग्रेसले भने ४३ मत प्राप्त गरेको छ । वडा सदस्यहरु भने निर्विरोध निर्वाचित भएको जनाइएको छ । यो वडामा अरु सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो पनि : रिस्तीमा पुन मतदानको माग, नभए मतगणनामा सहभागी नहुने

तनहुँको व्यास नगरपालिका–८ रिस्तीको मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुन मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनि दिईएको छ ।

नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कार’बाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी र नेकपा एमालेले तालमेल गरेर व्यास नगरपालिकामा स्थानीय तहको निर्वाचन लडेका छन् ।

नेकपा एमालेको जिल्ला सचिव राजेश्वर ढकाल र जोशी समुहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति निकाल्दै पुन : मतदान हुने स्थिती नहुँदासम्म अन्य मतदान केन्द्रको मतपेटिकाको मतगणनामा समेत सहभागि नहुने चेता’वनी दिएका छन् ।

मतदान निरीक्षणको क्रममा रिस्ती पुगेका मेयरका स्वतन्त्र उम्मेद्वार गोविन्दराज जोशीपुत्र दिपकराजलाई कांग्रेस कार्यकर्ताले आक्र’मण गरेर घा’इते बनाएका छन् । उनको टाउको चो’ट लागेको छ । जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चत पोखरास्थित फिस्टेल अस्पतालमा लगेर थप उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार बैकुण्ठ न्यौपानेको निर्देशनमा अ’राजक गु’ण्डाहरुले जोशीको ज्यान लिने गरेर धा’रिलो हति’यारले प्रहार गरेको एमाले र जोशी समूहको आ’रोप छ ।

मेयरका उम्मेद्वार जोशीले आवेगमा आएर मतपत्र च्या’तेपछि कांग्रेस कार्यकर्ताले आ’क्रमण गरेको मतदान अधिकृत दामोदर कार्कीले बताए ।

जोशीले आफ्नो एजेन्ट नभइकन किन मतदान सुरु गरेको भन्दै विवा’द निकालेको कार्कीले जानकारी दिए । जोशीलाई आक्र’मण भएपछि मतदानस्थलमा करिब एक घण्टा १५ मिनेट तना’वपुर्ण स्थिती सिर्जना भएको थियो ।

दिउँसो ३ बजेको समयमा घ’टना भएको उनले जानकारी दिए । स्थिती सामान्य भएपछि फेरी मतदान सुरु गरेर साढे ६ बजे मतदान सम्पन्न गरेको कार्कीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदानस्थल प्रवेश गरेकालाई मतदान गर्न दिएको उनले जानकारी दिए ।

उनका अनुसार रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published.