३० वैशाख -स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।,

यो पनि ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो दलले पाँच दलको भन्दा बढी स्थानमा जित हासिल गर्ने दावी गरेका छन् ।
भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

एमालेको पक्षमा निर्वाचनको परिणाम आउने जिकिर गरेका उनले ५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँने ठोकुवा गरेका छन् ।

साथै, ओलीले नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर ठानेर गठबन्धन गरेको टिप्पणी समेत गरेका छ्न ।

Leave a Reply

Your email address will not be published.