सिन्धुपाल्चोकको मेलम्ची– ४ ज्यामिरेमा मतदानका क्रममा केहीबेर त’ना’व भएको छ । अशक्त तथा अ’पां’गता भएका व्यक्तिहरुलाई दलका प्रतिनिधिहरुले नै मतदान गर्न सघाएपछि झ’ड’पको स्थिति देखा परेको हो ।

त्यस्ता अ’शक्तहरुलाई आफन्तले मतदान गर्न सघाउन मिल्छ, तर दलकै प्रतिनिधिले सघाएको भन्दै बुथमै ठे’लमठे’ल भएको थियो । त’ना’व उत्पन्न भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिन हतियार ते’र्स्याएर ह’ल्ट गरेको बताइएको छ ।

यो पनि : बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
काठमाडौं,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन् । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रस्ट पारेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन ।

उनी आमा र बुबासँग मतदान केन्द्रमा पुगेका थिए । दर्ता कार्यमा खटिएका कर्मचारीले सुरुमा अरुले भोट हाल्न नमिल्ने बताएका थिए । त्यसपछि आफू जनप्रतिनिधि भएको भन्दै मतपत्र लिएर आमासँगै बुथतिर लागे । त्यहाँ पुगेर उनले मतपत्र भरे ।

मतपत्र उनकी आमाले मतपेटिका ल्याएर हालिन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरिन् । त्यसपछि उनले फेरि आफ्नो बुबाको मतपत्र भरिदिए ।

मतदान केन्द्र ‘ग’ की मतदान अधिकृतले भने चिट चोरेको भिडियो मिडियामा नल्याउन दबाब दिइन् । चिट चोर्न नमिल्ने भएरै आफूले चिट जफत गरेको बताउँदै उनले भनिन्, ‘मैले जफत गरिदिसके । मिडियामा नल्याउनू । मिडियाबाजी किन गर्नु ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारीले पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफै हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने बताए । ‘हिँड्न सक्ने र देख्न सक्नेले सहयोगी राख्न पाउनुहुन्न’, उनले भने,

सहयोगी नै चाहिने भएमा पनि मतदान अधिकृतसँग जानुपर्छ ।’ चिट चो’रेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने उनले बताए । गठबन्धनले चिट चो’र्न सजिलो हुनेगरी,

आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केही मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहीले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।

पत्रकारलाई दु’र्व्यवहार फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूलाई कृष्णपुर माविको मतदानस्थलमा दलका कार्यकर्ताले दु’र्व्यव’हार गरेका छन् । भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्न पुगेका पत्रकारलाई नेपाली कांग्रेस भरतपुर-७ का सभापति,

विनोद ढकालको समूहले दु’र्व्यव’हार गरेको हो ।पत्रकारलाई भिडियो खिच्न अवरोध गरेका ढकालले पत्रकारको क्यामेरा फुटाउनेसम्मको ध’म्की दिए । ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता हुन् । कांग्रेसकै बागी उमेदवारले त्यहीबाट मतदान गर्ने भएपछि उनीहरूले पत्रकारलाई समेत ध’म्की दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.