काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले पनि भाउ बढेको मौकामा बिक्री गर्न थालेकाले भाउ घट्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिलेको बजार भाउलाई हेर्दा सुनको भाउ फेरि केही घट्ने देखिएको छ ।

गएको बुधबार सुनको भाउ अहिलेसम्म कै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published.