पञ्चदेवल विनायक नगरपालिकाको मेयर पदका लागी स्वतन्त्र उम्मेदवारी दिएका चर्चित गायक टंक तिमिल्सैनाले चुनाव चिन्ह आँप पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले तिमिल्सैनालाई चुनाव चिन्ह आँप प्रदान गरेको हो ।

चुनाव चिन्ह आँप पाएसँगै सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आँप चिन्हमा मतदान गर्न नगरवासीमा अपिल गरेका छन् ।
चुनाव चिन्ह पाएसँगै अव मतदाता भेटघाट तथा चुनावी गतिविधिलाई तीव्र पार्ने तिमिल्सैनाको तयारी छ ।

गायन क्षेत्रमा सक्रिय रहेका तिमिल्सिनाले तीन सयभन्दा बढी लोक र देउडा गीतमा स्वर भरिसकेका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइका घर भएका तिमिल्सैना एक दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय छन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका तिमिल्सैना मेयरमा जित्ने आशाका साथ भोटका यति बेला उनी दौडधुप गरिरहेका छन् । पञ्चदेवल विनायक नगरपालिकाको विकासका लागि आफ्नो छुट्टै योजना रहेको तिमिल्सिना बताउँछन् । ‘

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!