बुटवल । पाँचथरको कुम्मायक गाउँपालिकामा प्र”हरीको बर्दी लगाएको बेवा”रिसे श”व भेटिएको छ । कुम्मायक १ ओर्दिन भन्ने स्थानमा भेटिएको श”व जिल्ला प्र”हरी कार्यलय पाँचथरमा कार्यरत प्र”हरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।

आइतबार दिँउसो बाटो नजिकै मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्र”हरीको बर्दी लगाएका व्यक्तिको श”व भेटेपछि प्र”हरीलाई खबर गरेका थिए । जिल्ला प्र”हरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) राकेश थापाले प्र”हरी हवल्दार हराइरहेको भए पनि श”व सड्ने अवस्थामा पुगेकाले परिवारका सदस्यको उपस्थितिबिना पहिचान गर्न कठिनाइ भइरहेको बताए ।

यासोक बजारमा लाग्ने त्रिसाली मेलामा सुरक्षार्थ खटिएका श्रेष्ठ वैशाख ३ गतेदेखि हराइरहेका थिए । डियुटी समयमै यासोक बजारबाट हराएका उनको खोजी भइरहेको पाँचथर प्र”हरीले जनाएको छ । उनका अनुसार श्रेष्ठको परिवारका सदस्यलाई झापाबाट बोलाइएको छ ।

यो पनि नेकपा एमालेलाई निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता गर्न बिहान ११ बजेको समय दिएको थियो। तर राप्रपा लगायतका दलहरूसँग तालमेल मिलाउन समय लागेकाले एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदी समयमै निर्वाचन कार्यालय पुग्न सकेनन्। १२ बजेदेखि वडाध्यक्षका उम्मेदवार फाट्टफुट्ट पुग्न थाले पनि सुवेदी पुग्दा पौने २ बजिसकेको थियो।

उम्मेदवारी दर्ता गर्न जानुअघि सुवेदी भरतपुरस्थित क्यान्सर अस्पतालमा पुगेर बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए। नेकपा एमालेका उम्मेदवार बिपी कोइरालाको सालिकमा माल्यार्पण गर्न पुग्दा धेरैले नौलो मानेर हेरे सुवेदीले बिपी कोइरालालाई आदर्श नेता मान्ने गरेका कारण महत्वपूर्ण पदमा उम्मेदवारी दिनुअघि माल्यार्पण गर्न पुगेको सुनाए।

‘म जीवनमा सबैभन्दा पहिले बिपी कोइरालाको राजनीतिबाट प्रभावित भएको थिएँ। उहाँले विद्रोहको शैली, आफूमाथि ७ वटा मुद्दा लाग्दा पनि कार्यकर्ता कसैको दोष छैन मेरो मात्र दोष हो भन्न सक्ने उहाँका आँटबाट म त्यतिखेरै प्रभावित भएको थिएँ,’ सुवेदीले सेतोपाटीसँग भने, ‘बिस्तारै चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव ममा त्यसभन्दा बढी परेपछि म कम्युनिष्ट भएको हुँ। तर पनि बिपी कोइरालाप्रतिको श्रद्धा ममा सधैं रहिरह्यो।’

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकातर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसले गठबन्धनबाट मेयरमा आफ्नो पार्टीको उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएको थियो। केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रको भागमा पारेपछि कांग्रेस कार्यकर्ताहरू रूष्ट छन्।

Leave a Reply

Your email address will not be published.