काठमाडौँ – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सार्वजनीक विदा दिएको छ। २०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए। वैशाख १२ गते सोमबार गाउँपालिका भित्रका सबै कार्यालय, वित्तिय संस्था, विद्यालय बन्द हुनेछन्। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै,
उक्त दिन बिदा दिने निर्णय गरेको हो। बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरको भूकम्पमा परी ७२ जनाले ज्यान गुमाएका थिए भने झण्डै १२ सय घरधुरी रहेको बारपाकका सबैजसो घर ढलेका थिए।