तनहुँको भानु नगरपालिका ७ की सोविता नेपाली तीन दिनदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा छिन्। उनी चैत २७ गते नेपाल एयरलाइन्सको उडानबाट मलेसियाको क्वालालाम्पुर हुँदै जापानको नारिता जान लागेकी थिइन्। उनलाई विमानस्थलसम्म छाड्न पति सुरज पुगेका थिए। दुबईबाट फर्किएका दाइ सुवास पनि बहिनीलाई बिदा गरेर मात्रै घर जाने भनेर यतै थिए।

सुरज पनि रोजगारीका लागि कतार गएका थिए। उनी एक महिनापहिले मात्रै नेपाल फर्किएका हुन्। विमानस्थलमा जाँचको क्रममा सोविताको झोलामा इन्सास राइफलको एउटा गो’ली फेला पर्यो। नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट मलेसिया हुँदै जापानको नारिता जान लागेकी थिइन् उनी। तर, विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गो’ली फेला पारेको भन्दै नियन्त्रणमा लिएको थियो ।

उनले बोकेको घ्यू रंगको लेडिज हाते व्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स- रे ‘ए’ मा चेकजाँच गर्ने क्रममा कालो रंगको वालेटभित्र केएफ 13 5.56 लेखिएको गो’ली राउण्ड- १ (एक) फेला परेको हो। ‘सानो लेडिज ब्यागभित्र गो’ली फेला परेपछि उनलाई पक्राउ गरियो ।

प्रहरीले सोधपुछ गर्दा सोविताले केटाकेटीले भेटेर खेलाइरहेको अवस्थामा फेला पारेको बताएकी छन्। उनलाई हात हेराउँदा बुटी लगाउनु राम्रो हुन्छ भनेका थिए। ‘बुटी बनाउन काम लाग्छ भनेर पर्समा राखेकी रहिछन्। झिक्न बिर्सिछन्,’ उनका दाइले भने। गोली फायरिङ भइसकेको तर न’प’ड्कि’एको प्रहरी बताउँछ। त्यो गो’ली कसले फायर गरेको हो भनेर अहिले परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। केही दिनमा रिपोर्ट आएपछि गोलीको आधिकारिकताको बारेमा थाहा हुने प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.