झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठ’क्क’रबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा भएको थियो मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि, बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

करिब सात फिट अग्लो स्तम्भ भित्र एक करोड २७ लाख श्रीराम मन्त्र लेखिएको कागजलाई पानीले नभिज्ने गरी बाकसमा राखिएको छ । स्तम्भका शिरमा भएको राम र सीताको मूर्तिलाई पित्तलको छाताले ओढाइएको छ ।

पोखराका लेखनाथ घिमिरे, हिमलाल बराल, टेकनाथ पौडेल, रामप्रसाद बराल, बिष्णुमाया पौडेल, तिलोचन पौडेल, कुलप्रसाद पराजुली, मायादेवी बास्तोला, धरानका कुलचन्द्र भट्टराई र लमजुङका हरेराम दासले स्तम्भमा राख्ने मन्त्र उपलब्ध गराउनुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

स्तम्भको रामनवमी पर्वको अवसर पारेर आइतबार कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले शुभारम्भ गर्नुभयो । “धर्मशास्त्रहरुमा राम र शिवले एक अर्काको सम्मान र सहकार्य गरेको हुनाले गलेश्वर शिवालयमा रामसीताको मुर्ति राखिएको हो,” उहाँले भन्नुभयो “मन्त्र सहितको रामसीताको स्तम्भले गलेश्वरमा धार्मिक शक्ति केन्द्रित गरेको छ ।”

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा शिव, पार्वति, नटराज, जडभरत, गलेश्वरबाबा, नाग, राधाकृष्ण लगायत हिन्दू धर्मावलम्बीका भगवानका मन्दिर र मूर्तिका साथै १०८ शिवलिङ्ग छन् । गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थ स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ ।

द्वापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पूजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ । पूर्वाधार निर्माण, व्यवस्थापकीय सुधार र प्रचारप्रसारका कारण गलेश्वरमा पछिल्लो समय भक्तजनको संख्या बढेको छ ।

Leave a Reply

Your email address will not be published.