डोटी – डोटीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका ७ रातुली घर भएका ४५ वर्षीय लालबहादुर नेपाली बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

उनी सोही नगरपालिकाको वडा नम्बर ६ र ७ को सिमाना स्थित गोरेटे बाटोमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारणवारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.