काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै भटमासको कच्चा पदार्थको मूल्य दिनमै १ सय डलरले बढ्न थालेको छ । व्यवसायीका अनुसार सोयाविनको मूल्य दुइ दिनमै २ सय डरलले बढेर १९५० प्रतिटन पुगेको छ । कोरोना महामारीका कारण आपूर्तिमा समस्या हुँदा पछिल्लो एक बर्ष यता नेपालमा खाने तेलको मूल्य निरन्तर बढदै गएको छ । **थप यहाँ तल क्लिक गर्नुहोस**,

गत वर्षको मंसिर अघि भटमासको तेलको कच्चा पदार्थको मूल्य प्रतिटन ८ सय देखि ९ सय डलर थियो । त्यो बेला सोयाविन तेलको मूल्य प्रतिलिटर १२० देखि १३० रुपैयाँ थियो । ‘त्यो बेला सनफ्लावरको कच्चा पदार्थ पनि सोही मूल्यमै पाइन्थ्यो’ निम्बस होल्डिङस्का कार्यकारी निर्देशक डा. दिनेश गौतमले भने, ‘अहिले सनफ्लावरको तेलको मूल्य निर्धारण नै हुन छाडिसक्यो । भटमासको तेलको मूल्य पनि ३१० रुपैयाँ प्रतिलिटर पुग्नेवाला छ ।’

त्यसपछि कोरोनका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या भएको र उत्पादन समेत घट्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेपछि उद्योगीले तेलको मूल्य वृद्धि गरेर २४० देखि २५० रुपैयाँ सम्म पुर्याएका थिए । नेपालमा उत्पादन हुने तेलको ९० प्रतिशत कच्चा पदार्थ विदेशबाटै आयात हुने गरेको छ । जसमा सनफ्लावर रुस र युक्रेनबाट आयात हुन्छ भने सोयाविन बंगलादेश, ब्राजिल, अमेरिका, इजिप्ट, पोर्चुगल, अर्जेन्टिना, युक्रेनलगायतबाट आयात हुन्छ । **थप जानकारीको लागी यहाँ तल डबल क्लिक गर्नुहोस**,

By admin

Leave a Reply

Your email address will not be published.