काठमान्डौ–उदयपुरको बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया कविता सुनुवारको ह त्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका ३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै

आएका १९ वर्षीय बिनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेका छन् । उनीहरू तीनै जना एकै स्कुलमा पढ्ने साथी–साथी हुन् । कविताको शव मङ्गलबा बिहान ७ बजे बेलका–३ यसोदा खोला किनारमा भेटिएको थियो । जनता माविमा कक्षा १० मा अध्ययनरत कविता घरभन्दा झन्डै दुई किलोमिटर र विद्यालयभन्दा सात सय मिटर टाढा यसोदा (जस्ता) खो’ल्साको किनारमा मृ’तावस्था भेटिएकी थिइन् ।

विद्यालयमा नियमित सञ्चालित अतिरिक्त कक्षा (ट्युसन) लिन भनी घरबाट विद्यालय जाँदै गरेकी कविताको श’व भेटिएको हो ।कुकुरसहितको विशेषज्ञ टोली घ’टनास्थल पुगेर अनुसन्धान गर्दा विनोद र जितबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका उनीहरू नातामा दाजु–बहिनी पर्छन् । विनोद सरिताको ठुलोबुबाका छोरा हुन् ।एसपी बोहोराका अनुसार एसइईको तयारी गरिरहेका उनीहरूबीच एक युवतीको विषयमा वि’वाद भएको थियो । पक्राउ पर्ने सरिता कविताकी सहपाठी हुन् ।
सरिताले फोनमार्फ कवितालाई स्कुल जान बोलाएकी थिइन् । तर विनोदलाई लिएर खोला किनार पुगेपछि उनीहरूबीच वि’वाद भएको थियो,

जसक्रममा ढु’ङ्गा र बि’यरको बोतलले हि’र्काएर कविताको ह त्या भएको बोहोराले बताए । कविताको टा’उकोमा चो’ट लागेको देखिएको थियो । ढुङ्गा प्र’हारबाट कविताको अनुहार पनि क्ष’तवि’क्षत भएको थियो । कविताको ह त्या गरेपछि घि’सारेर खोला किनारस्थित बाँसघारी पुर्‍याएर उनीहरू फरार बनेका थिए । फरार रहेका उनीहरूलाई मध्याह्नतिर पक्राउ गरिएको एसपी बोहोराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.