उदयपुरमा १५ वर्षीया एक छात्राको ह’त्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह’त्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ ।

आज मङ्गलवार बिहान झन्डै ४ बजेकाे समयमा घरबाट ट्युशन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवार मृत भेटिएकी प्रहरीले जनाएको छ । स्थानीय कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको मंगलबार बिहान खोला किनारमा शव फेला परेको हो।

विद्यालय आउने क्रममा बाटोमै वि’भ’त्स ढं’गले ह’त्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिएका हुन् । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब खोलामा फा’लिएको अवस्थामा फेला परेको हाे । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै वि’भ’त्स त’रि’काले ह’त्या ग’रेपछि खाेलामा फालेकाे अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाको तयारीका लागि ट्युशन पढ्न बिहानै जाने गरेको खुल्न आएको छ ।

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ । स्थानीयवासीले घटनालाई ह’त्या भएको भन्दै नाराबाजी गरेका छन्। शवको प्रकृति हेर्दा ह’त्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published.