कैलाली। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा तनावग्रस्त भएको छ। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएको भन्दै

आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानियहरुले तोडफोड गरेका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार,

गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृ’त्यु भएको हो । डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए । डाक्टरको लापरवाहिका कारण मत्यु भएको भन्दै आक्रशित मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ,

भने अस्पताल परिषरमा तनावग्रस्त स्थिति सृजना भएको छ । मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन । विरामीको मृत्युको कारण भने खुल्न सकेको छैन ।आक्रशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेका छ । क्षतीको थप विवरण आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published.