काठमाण्डाै – २०६९ वैशाख,३० मा हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने मतदाताहरुको अन्तिम नामावली निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको छ । आयोगले प्रकाशित गरेको नामावलीअनुसार २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नेपाली नागरिकहरुले सो चुनावमा मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगको वेबसाइटमा रहेको ‘मतदाता नामावली’ मेन्युमा क्लिक गरेर (वा यसै समाचारको तल दिइएको लिंकमा क्लिक गरेर) खुल्ने पेजको तल देखापर्ने अप्सन बक्सहरुमा आफ्नो प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नम्बर र मतदान केन्द्र छानेर ‘सब्मिट’ बटनमा क्लिक गरेपछि मतदाता सूचीभित्र प्रवेश पाइन्छ ।

त्यसपछि माथिल्लो लहरमा रहेका अक्षरहरूमध्ये आफ्नो नामको सुरू अक्षरमा क्लिक गरेपछि देखापर्ने नामहरूमध्येमा छान्दै वा दायाँ–बायाँ ‘स्क्रल बटन’ थिचेर पेजहरू छान्दै आफ्नो नाम हेर्न सकिन्छ । आफ्नो नाम फेला परिसकेपछि त्यसको दायाँ रहेको नीलो रङगको

‘मतदाता विवरण’ बटनमा क्लिक गरी आफ्नो जन्म मिति वा नागरिकता नम्बर हालेपछि तल दिइएको ‘क्याप्चा’ टाइप गरेर ‘सब्मिट’ बटनमा क्लिक गरेपछि आफ्नो मतदाता परिचयपत्रको पूरै विवरण हेर्न वा प्रिन्ट गर्न सकिन्छ ।* **फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम यहाँ क्लिक गरेर हेर्न सकिन्छ ***

Leave a Reply

Your email address will not be published.