जिल्ला अदालत तनहुँमा बुधवारबाट सुरु भएको पल शाह र कृष्ण जोशीको थुनछेक बहसमा नाबालिगको तर्फका बहसकर्ताले इजलासमा सर्वोच्च अदालतमा बलात्कारबारे बनेका ११ नजिर पेस गर्दै नाबालिगले प्रतिकार गर्न नसक्ने र बलात्कारको पहिलो प्रमाण पीडित हुने तर्क गरे।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो। थुनछेक बहस भनेको पक्राउ परेका शाह र जोशीलाई तारेख वा धरौटीमा छाडेर मुद्दा प्रक्रिया अगाडि बढाउने कि उनीहरूलाई कारागारमा राखेर भन्ने निर्णय गर्ने हो।

बहसको आधारमा प्रमाण, अभियोग पुष्टि भए हुनसक्ने कैद र जरिवाना, अभियुक्त स्वतन्त्र हुँदा पीडितको सुरक्षामा पर्न सक्ने जोखिम, अभियुक्तले प्रमाणमाथि गर्न सक्ने छेडखानी अनि अभियुक्त कतै भाग्न सक्ने वा नसक्ने पक्षलाई आधार मानेर प्राय तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने गरेको देखिन्छ इजलासले।

थुनछेकको बहसपछि आउने आदेशपछि पेशी तोकेर प्रमाण,साक्षी बुझ्ने लगायतका प्रक्रिया अगाडि बढ्छ अदालतमा। यो सरकारवादी मुद्दा भएकाले पीडितको तर्फबाट सरकारी वकिलले बहस गर्छन्। पीडितले चाहेमा आफ्नो पक्षका अधिवक्ताहरू पनि राख्न सकिन्छ।

बुधवार जिल्ला अदालत तनहुँको ढुङ्गानाको इजलासमा जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बहस गरे। अनि पीडितलाई सघाउन राजी भएका अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी र सरिता तिवारी ले समेत पीडितको पक्षमा बहस गरेका थिए।

बहसको क्रममा अभियोग पत्रमा उल्लेख गरिएका विवरण र प्रमाणलाई आधार मान्दै उनीहरूले ढुङ्गानाको इजलासमा बलात्कारबारे सर्वोच्च अदालतको फैसलाबाट बनेको ११ नजिरसहित शाह र जोशीमाथि लागेको अभियोग प्रमाणित हुने भन्दै पीडितको दाबी बलियो बनाउन नजिरहरू पेस गरेका थिए। त्यसमध्ये ८ नजिर यहाँ उल्लेख गरिएको छ।

१- बलात्कारको साक्षी हुँदैन
सात वर्षकी बालिकाको बलात्कारको अभियोगमा कारागारमा रहेका दीपक रावलले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले सुनुवाइ गर्दै २०७४ पुस २३ मा फैसला गर्‍यो बालिकाको पक्षमा।

सात वर्षकी बालिकाको बलात्कारको अभियोगमा कारागारमा रहेका दीपक रावलले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले सुनुवाइ गर्दै २०७४ पुस २३ मा फैसला गर्‍यो बालिकाको पक्षमा।

रावलमाथि घाँस काट्न जङ्गलमा गएकी बालिकालाई गहुँ बारीमा लगेर बलात्कार गरेको अभियोग थियो जुन जिल्ला अदालतबाट कसुर प्रमाणित भएर १० वर्ष कैद सजाय भएको थियो। उनी फैसलाविरुद्ध उच्च हुँदै सर्वोच्च पुगेका थिए। रावलले घटना अस्वीकार गर्दै फसाइएको दाबी गरेका थिए।

फैसलामा ‘जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन नसक्ने र यस्तो अपराधमा पीडितको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणको रूपमा लिनुपर्ने फैसला आएको थियो। फैसलामा अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई गलत साबित नगराएसम्म त्यसलाई स्वीकार गर्नुपर्ने उल्लेख छ।

शाहविरुद्धकी पीडितको पनि प्रत्यक्षदर्शी छैनन्। यो नजिरले पीडितको भनाई अन्यथा नभएसम्म प्रमाण मान्नुपर्ने उल्लेख गरेकाले अहिलेको अवस्थामा पीडित नाबालिगले गर्ने बयानै प्रमुख प्रमाण हुने देखिन्छ।

२-जाहेरी ढिला पर्नुले घटना नभएको देखिँदैन
पीडित नाबालिगले घटनाको एक वर्षपछि मात्रै जाहेरी दिएको भन्दै केहीले शाहलाई फसाइएको तर्क समेत गरिरहेका छन्। बुधवार भएको बहसमा शाहका पक्षका अधिवक्ताहरूले पनि घटना लगत्तै किन जाहेरी नदिएको भन्ने तर्क गर्दै शाह निर्दोष भएको तर्क गरेका थिए।

Leave a Reply

Your email address will not be published.