२०७० सालको संविधानसभा निर्वाचनपछि नायक भुवन केसी एमालेमा प्रवेश गरे । पार्टी प्रवेशसँगै एमालेको चुनावी अभियानमा सक्रिय भएका केसीको उद्देश्यमा सभासद् बन्ने थियो। सोहीअनुसार एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो । पार्टीभित्र उनलाई टिकट दिएको विषयमा चर्को आलोचना भएपछि २४ घण्टा नबित्दै उनको टिकट खोसेर विद्या न्यौपानेलाई टिकट दिएको थियो ।

त्यसपछि असन्तुष्ट बनेका उनी राजनीतिमा खासै सक्रिय छैनन् । तर उनी एमालेमै आबद्ध रहेको बताइन्छ । त्यतिबेलै केसीले पत्रकार सम्मेलन गर्दै आफूले टिकट नपाए पनि एमालेमै रहने बताएका थिए । त्यतिबेला केसीले आफू सभासद नभएकोमा सिंगो चलचित्र क्षेत्र नै निराश बनेको जिकिर गरेका थिए ।

त्यसयता एमालेमा खासै सक्रिय नभएका केसी चुनावको मुखमा फेरि राजनीतिमा सक्रिय हुन लागेका छन् । हालसम्म एमाले परित्याग नगरेको भएपनि उनी अन्य दलसँग समेत छलफलमा रहेको खुलेको छ । केसीले रातोपाटीसँगको कुराकानीमा पनि राजनीतिमा सक्रिय हुन चाहेको खुलाए । तर, कुन पार्टीमा सक्रिय हुने भन्नेबारे चाहिँ अहिले नै निर्णय लिइ नसकेको जिकिर गरे । राप्रपाका नेताहरुले केसीलाई राप्रपामा प्रवेश गराउनका लागि छलफलहरु भइरहेका छन् । तर, छलफल सकारात्मक ढंगले अघि बढिरहेको पनि नेताहरुको जिकिर छ ।

स्वयम् केसीले चाहिँ अहिलेसम्म ठोस निर्णय भइनसकेको बताए। ‘राजनीतिक दलहरूसँग भेटघाट हुन्छ, पार्टीमा आउन भनेपछि स्वभाविक रुपमा कुराकानी हुन्छ । पार्टी प्रवेश गरेँ भने म औपचारिक रुपमै प्रेस मिट गर्छु । अहिले नै यो कुरा भएको होइन’, केसीले रातोपाटीसँग भने ।

यस विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भुवन केसीजस्ता ख्याति कमाएका मानिसहरु पार्टीमा आए भने राम्रो हुने बताउँदै पार्टीमा प्रवेश गराउनेबारे छलफल गर्न सकिने बताए । विभिन्न क्षेत्रका व्यक्तित्वहरु पार्टी प्रवेश गराउन छलफल चलिरहेको उनको भनाइ छ । ‘हामीले समाजका विभिन्न व्यक्तित्वहरुसँग, विभिन्न क्षेत्रमा ख्याति कमाएका मान्छेहरूसँग कुराकानीहरू गरिराखेका छौँ’, उनले भने, ‘यसअनुसार कति जोडिनुभएको छ भने कतिपय जोडिने क्रममा हुनुहुन्छ । यो त्यो भन्ने कुरा त भएन ।

Leave a Reply

Your email address will not be published.