कर णीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहस सकिएसँगै शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो। वादीका तर्फबाट ७ जना सरकारी वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादी शाह र कृष्ण जोशीको पक्षबाट ११ जनाले बहस गरेका थिए ।

मतियारका रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीका कानुन व्यवसायीहरुले गरेको थुनछेक बहस पनि आजै सकिएर उनीसङ्ग १ लाख धरौटी मागिएको छ । हिजो पीडित पक्षका नौ जना वकिलले बहस गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुध्द १४ वर्ष कैद सजाय माग गरेको थियो ।

म्युजिक भिडियो छायांकनको क्रममा आफूलाई शाहले पटक पटक कर णी गरेको बताउँदै किशोरीले अघिल्लो महिना प्रहरी प्रशासन गुहारेकी हुन् ।

किशोरी दुई महिनाअघि कास्की जिल्ला प्रहरी कार्यालय,पोखरामा शाहले आफूमाथि पटक पटक कर णी गरेको भन्दै कानुुनी उपचारको निम्ति पुगेकी थिइन् । उनको सबै कुरो सुनेपछि प्रहरीले पनि कानुनी व्यवस्थाबारे आवश्यक जानकारी गराएर केही महिनाअघि त्यहाँबाट फिर्ता पठाएको थियो ।

त्यतिबेला पोखरामा प्रहरीले कर णी भएका घटनास्थलको बारेमा समन्वय गर्ने हो भने त्यो पनि गर्न सकिन्छ भनेर आश्वस्त तुल्याएको थियो । त्यहि क्रममा कास्की प्रहरीले आफ्ना कर्मचारीको साथ लगाएर तनहुँ प्रहरीसँग समन्वय गरी पछि त्यहाँ पठाएको हो ।

त्यतिबेला पनि उनी निवेदन दर्ता नगरी फर्किएको र भोलिपल्ट अकस्मात जिल्ला प्रहरी कार्यालय,दमौलीमा उजुरी लिएर गएकी थिइन् । किशोरी आफ्ना पिताको साथमा कास्की प्रहरी पुगेकी हुन् ।

सोही क्रममा प्रहरीले उनीहरुबीच भएको वार्तालापको ‘अडियो कन्भरसेसन’ पनि फेला पारेको थियोे । पिडित किशोरीले प्रहरीसँग शाहले आफूलाई यो कार्य गरेको घर,कोठा,मिति,समय र पटक सबै बताएकी थिइन् ।

तनहुँपछि उनले नवलपुर (पूूर्वी नवलपरासी) जिल्ला प्रहरी कार्यालयमा पनि त्यस्तै प्रकृतिको उजुरी दर्ता गरेपछि शाहलाई केही दिन त्यहाँ लगेर बयान लिइएको थियो । त्यता पनि पलविरुद्ध मुद्दा दायर हुन लागेको छ ।

तनहुँमा आदेश आएपछि अब पललाई थुनछेक बहसका लागि नवलपुर लगिने छ। दुवैतिर एकसाथ अनुसन्धान हुँदा नवलपुरमा पहिल्यै मुद्दा दर्ता भए पनि थुनछेक बहस हुन सकेको छैन।

तनहुँमा थुनछेक आदेश भएसँगै नवलपुर पठाइदिन त्यहाँको अदालतले पत्र पठाइसकेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर सोमबार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। त्यसपछि जिल्ला न्याधिवक्ताले मंगलबार अदालतमा मुद्दा लगेका थिए।

Leave a Reply

Your email address will not be published.