काठमाडौं । आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।

त्यस्तै, विश्व मौसम सङ्गठन स्थापना भएको दिन (मार्च २३, सन् १९५०) को सम्झनामा हरेक वर्ष मार्च २३ लाई विश्व मौसम दिवस को रुपमा मनाउने गरिन्छ । बुधबार नेपालमा पनि ‘पूर्वसूचना र पूर्वतयारी’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरी विश्व मौसम दिवस, २०७८ मनाइएको छ ।

यस वर्षको विश्व मौसम दिवसको मूल विषय ‘प्रारम्भिक चेतावनी र प्रारम्भिक कार्य ः प्रकोप जोखिम न्यूनीकरणको लागि जल मौसम विज्ञान र जलवायु जानकारी’ रहेको छ । यसले विपद् जोखिम न्यूनीकरणका निम्ति जल–मौसम र जलवायुको पूर्वसूचना तथा त्यसैअनुसारको पूर्वतयारीको अपरिहार्यतालाई जोड दिँदै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।

दिवसका अवसरमा बुधबार जल तथा मौसम विज्ञान विभागद्वारा यहाँ आयोजित कार्यक्रममा मौसम, जलवायु र जल विज्ञानका विविध क्षेत्रमा आबद्ध व्यक्तित्व, सङ्घसंस्था र सरोकारवाला निकायका विज्ञहरुले मौसमी पूर्वसूचना र तयारीसँगै सम्भावित क्षतिबारे सजग हुन आवश्यक रहेकामा जोड दिनुभएको छ ।

जल तथा मौसम सेवाको उत्पादन र प्रयोगलाई अभिवृद्धि गर्दै दिगो विकास एवं समृद्धि र विपद् जोखिम न्यूनीकरणमा योगदान पु¥याउन सवै सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको धारणा छ । कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले आगामी दिनमा नाराअनुसारको प्रभावकारी काम गर्नुपर्ने आवश्यकता आँैल्याउँदै पूर्वतयारीका सूचनाका सम्बन्धमा थप काम गर्नुपर्ने बारेमा सुझाव दिनुभयो ।

उहाँले बाढी पहिरो र वर्षाको जस्तै सुक्खा र खडेरीका बारेमा समेत पूर्वसूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले विभागले गर्दै आएको पूर्वसूचना प्रणालीमा नयाँ र आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै जनतासमक्ष सूचना प्रवाहका लागि सञ्चारमाध्यमको सहयोग अपरिहार्य रहने उल्लेख गर्नुभयो ।

By admin

Leave a Reply

Your email address will not be published.