बाग्लुङ – बाग्लुङकाे काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतवार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र त्यही ठाउँका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो । आइतवार बिहान घरबाट विद्यालय हिँडेका किशोर विद्यालय नपुगी सम्पर्कविहीन भएको पाइएको छ । ती किशोरलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न,

आफन्तले अनुरोध गरेका छन् । परिवारले किशोरहरूलाई खोजी दिनका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई त्याे विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय भण्डारीले जानकारी दिनुभयो ।

By admin

Leave a Reply

Your email address will not be published.