एजेन्सी – रुसले परमाणु युद्ध गर्ने संकेत गरेपछि नेटो एक्सनमा उत्रिएको छ । सैन्य अभ्यासपछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ।

युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन्। ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ। ती जहाजहरुको यात्रा जारी रुस–युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ।

याता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भने नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउँदै गरेको बताएका छन्। डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र ९डीपीआर र एलपीआर० ले कीभ सेनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्त्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उनले पश्चिमा राष्ट्रहरूले रुसप्रति अमित्रतवत् कार्य गरेको टिप्पणी गरे।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी भनेका थिए।नेटोका शीर्ष अधिकारीहरूले रुसविरुद्ध चर्को टिप्पणी गर्न मान्यता दिएका कारण पारमाणविक अस्त्रहरू उच्च सतर्क अवस्थामा राखिने उनले बताए।

उनले परमाणुअस्त्र प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएका छन्। आफ्नो पारमाणविक बललाई ूविशेष सतर्क अवस्थामाूमा राखिएको रुसको घोषणा पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको सङ्केत हो।

Leave a Reply

Your email address will not be published.