धनगढीः डोटीमा एक बस पल्टिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-१ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो। मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना-४ ख-३६०७ नम्बरको बस पल्टिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बस डोटीको घाङ्गलबाट जोशिपुरका लागि हिडेको थियो। बसमा २२ जना यात्रु सवार थिए। यस्तै दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

थप समाचार : काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको छ । बिहान घाम लागे पनि अहिले मौसम बद्ली भएको छ।पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव परेका कारण पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज दिउँसोपछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ। विशेषगरी सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का पहाडी क्षेत्रमा पानी पर्ने अनुमान छ ।

भोलि पनि प्रदेश-१ का पहाडी क्षेत्रका एक/ दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो। तराईका जिल्लाको मौसम भने सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published.