फ्लोरेन्टिनाका ३ खेलाडीलाई कोरोनाभाइरसको सं’क्रमण

संक्रमण देखिएको छ । उनीहरुलाई टोलीका अन्य सदस्यबाट अलगै आइसोलेसनमा राखेर उपचार गरिदैछ ।सिरिए ए क्लबहरुलाई इटालीको सरकारले प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । तर, खेलाडीहरुले एक्लाएक्लै मात्र प्रशिक्षण गर्न पाउनेछन् ।

बुधबार अर्को क्लब टोरिनोको एकजना खेलाडीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनलाई पनि आइसोलेसनमा राखिएको छ ।दुवै क्लबले संक्रमित खेलाडी र स्टाफको नाम खुलाएको छैन । एक वक्तव्य जारी गर्दै फ्लोरेन्टिनाले प्राटोकल अनुसार सं;क्रमितलाई आइसोलेट गरेको जनाएको छ । त्यस्तै, मैदानमा गतिविधि सुरु गर्न अघि सबै खेलाडीहरुको स्वास्थ्य परीक्षण पनि गरिने क्लबले जनाएको छ ।

आठ हप्ता लामो लकडाउनपछि इटालीले प्रतिबन्ध खुकुलो पार्न सुरु गरेको छ । इटालीका क्लबहरु प्रशिक्षणमा फकिए पनि लिग कहिलेदेखि सुरु हुन्छ भन्नेमा अन्यौल कायम नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!