देशभर संकटकाल र कर्फ्यु लाग्ने सूचना बारे गृह मन्त्रालयले मुख खोल्यो,यस्तो रहेछ यथार्थ,भर्खर आयो यस्तो खबर@

देशभर संकटकाल र कर्फ्यु लाग्ने सूचना बारे गृह मन्त्रालयले मुख खोल्यो,यस्तो रहेछ यथार्थ,भर्खर आयो यस्तो खबर

काठमाडौं । गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको पनि बताएको छ । आइतबार राति र सोमबार बिहानदेखि नै तत्काल कर्फ्यु लगाइएको, सशस्त्र प्रहरीले एयर ट्राफिक र नेपाल भारत सीमामा हुनसक्ने सुरक्षा खतराको निगरानी राखिरहेको भन्दै अस्पतालबाहेकका सेवाहरु स्थगित गरिएको भन्दै सन्देश पठाइएको थियो ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****यी सन्देश कसले र किन पठाएको हो भन्नेबारे गृहले बताएको छैन । यसैबीच सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेसँगै सरकारी अस्पतालहरुले शुल्क लिन थालेका छन् । सिभिल अस्पतालले उपचार खर्च लिने सूचना नै निकालेको छ भने त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालले पनि बिरामी भर्ना गर्दा पाँच दिनको शुल्क बुझाउन भनेको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

दुबै अस्पतालले दिएको जानकारी अनुसार संक्रमितले उपचारका लागि सुरुमै ५ दिनको उपचार खर्च ३५ सय रुपैयाँदेखि १५ हजारसम्म डिपोजिट गर्नुपर्छ । त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दास भन्छन्, ‘आज बिहान अस्पताल प्रशासनको बैठकले गरेको निर्णयअनुसार अब भर्ना हुने संक्रमितले अनुमानित ५ दिनको उपचार खर्च डिपोजिट गर्नुपर्छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****
’सरकारले गरेको निर्णयअनुसार सामान्य लक्षण भएकाहरुले हरेक दिन ३५ सय, मध्यम लक्षण भएकाहरुले ७ हजार र आईसीयूमा भर्ना हुनेहरुले १५ हजार तिर्नुपर्ने डा. दासले बताए ।‘औषधि र परीक्षणको शुल्क यहीअन्तर्गत पर्छ । खानाको कति शुल्क लिने भन्ने विषयमा अहिले निर्णय भइसकेको छैन’ उनले भने, ‘अहिलेसम्म एउटा संस्थाले फ्रीमा नै खुवाउँछ । आजको कति लिने भन्ने विषयमा निर्णय भइसकेको छैन ।’*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****अ

र्को सरकारी अस्पताल पाटन अस्पतालका कोभिड संयोजक डाक्टर बिमल पाण्डेले पनि उपचार खर्च लिने निर्णय भएको बताए । भने, ‘हाम्रो अस्पतालमा पनि सरकारले पहिला निर्णय गरेअनुसार नै सामान्य लक्षण भएकाले ३५ सय मध्यमले ७ हजार र आइसीयूमा भर्ना हुनुपर्नेले १५ हजार तिर्नुपर्छ ।’खाना औषधि र अरु इन्भेस्टिगेसन यही डिपोजिटभित्रै पर्ने बताउँदै पाण्डेले भने, ‘सामान्यतया अनुमानित ५ दिनको डिपोजिट गराउने नीति लिएका छौं ।’*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!