मेयरले भवन उद्घाटन गर्दा उप-मेयरको ढुं’गा प्र’हार – हात हा’लाहा’ल (हेर्नुहोस् भिडियो)

धनगढी – हजारौँ जनताले मत दिएर जनप्रतिनिधीलाई बिकास गर्न पठाएका हुन्छन् । तर ति जनप्रतिनिधीका हर्कतले कहिले काँही जनतालेनै पश्ताचाप गर्नुपर्ने अवस्था आउँछ । यो घटना कैलालीको घोडाघोडी नगरपालिकामा देखिएको छ । मेयर ममता प्रसाद चौधरी वडा कार्यालयको नव निर्मित भवन उद्घाटन गर्न थाले त्यतिबेला उप मेयर प्रेम कुमारी थापाले सिलालेखमा ढुंगा बजार्दै मेयर बिरुद्ध मुर्दाबाद भन्दै नाराबाजी गरिन् । ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,****

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी प्रधानमन्त्री केपीसर्मा ओली गुटका हुन् । उप मेयर प्रेम कुमारी थापा पुर्व प्रधानमन्त्री माधव नेपाल गुटकी हुन् । यो नगरपालिकाका मेयर उपमेयर बिच निर्वाचित भएदेखीनै लफडा छ । शनिबार बिहान घोडाघोडी नगरपालिका वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रममा सिलालेख नराखेको भन्दै उपमेयर प्रेम कुमारी थापाले सिलालेखमा ढुङ्गा बजार्दै विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जना समेत भएको थियो ।

मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले सिलालेखमा बजारेको हो । मेयरले कार्यालय भवनको उद्घाटन गर्ने बितिकै उपमेयर थापाले सिलालेखमा ढुङ्गाले बजारेको देखिन्छ । मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगर्न भने । मेयर चौधरीले हात हटाउँदै मर्यादाको पनि हद हुन्छ नी भन्दै बस्न आग्रह गर्छन् । तर उपमेयरले उनको आग्रहलाई मानिनन् ।

मेयर ममताप्रसाद चौधरीले आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा सिलालेखमा ढुङ्गा बजारेको बताए । यता उपमेयर थापाले पनि सिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकिय अधिकृतले वाइपास गरेकाले त्यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिएकी छन् । ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!