आफ्नो ‘TRP’ बढाउन नेपाल र नेपालीका वि’रुद्ध तथानाम गा’लिगर्ने भारतीय रिपब्लिक टिभीलाई ला’ग्यो ठु’लो झ’ट्का’

नयाँदिल्ली – नेपाल र नेपालीका विरूद्ध तथानाम बोल्ने भारतीय न्युज च्यानल र , रिपब्लिक टिभी लगायत केही टिभी च्यानललाइ ठुलो फन्दा परेका छन्। भारतीय प्रसिद्ध बिस्कुट कम्पनी ‘पार्ले–जी’ले विषाक्त र उत्तेजक सामग्री प्रशारण गर्ने भारतीय न्युज च्यानललाई विज्ञापन नदिने घोषणा गरेको छ । हालै टीआरपी चोरीको धन्दा बाहिर आएपछि पार्ले कम्पनीले यस्तो निर्णय गरेको हो । मुम्बइ प्रहरीले गत साता मात्रै रिपब्लिक टिभी लगायत केही टिभी च्यानलले यस्तो धन्धा गरेको भन्दै अनुसन्धान सुरु गरेको छ । पार्ले कम्पनीका वरिष्ठ अधिकारी कृष्णराओ बुद्धले कम्पनीले अब विषक्त र उत्तेजित सामग्री प्रशारण गर्ने मिडियालाई विज्ञापन नदिने बताएका हुन् । ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’*****,

साथै टीआरपी चोरीको आरोप लागेका च्यानललाई पनि उक्त कम्पनीले विज्ञापन नदिने जनाएको हो । बुद्धका अनुसार उनको कम्पनीले अन्य विज्ञापनदाताहरुसँग पनि यसबारे छलफल गरेको थियो । रिपब्लिक टिभी लगायत केही टिभी च्यानलले केही घरभित्र आफ्ना च्यानल रातभर खोलेर राखिदिने गरेको र त्यसवापत पैसा दिने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले भने यस्तो धन्धा चलाउने गरेको एजेन्सीका मानिसलाई पक्राउ गरिसकेको छ । तर रिपब्लिक लगायत टिभी च्यानलले भने मुम्बइ प्रहरीमाथि आरोप लगाएको छ ।

टिभी न्युज च्यानलविरुद्ध पार्ले कम्पनीले चालेको यो पहिलो कदम भने हैन । केही दिनअघि मात्रै उद्योगी राजिव बजाजले पनि तनि वटा न्युज च्यानललाई कालो सूचीमा राखेका थिए । बजाजको त्यस्तो निर्णयपछि पार्लेको घोषणा आएको हो । पार्लेको उक्त घोषणापछि ट्वीटरमा ‘ह्यासट्याग पार्लेजी’ सुरु गरिएको छ । धेरैले उक्त कम्पनीको घोषणालाई ‘सामाजिक उत्तरदायित्व’ वहन गरेको भन्दै प्रशंसा गरेका छन् । बलिउड अभिनेत्री स्वरा भास्कर लगायत कलाकारले पनि पार्लेजीको घोषणाको प्रशंसा गर्न थालेका छन् ।*****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****,

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!