Breaking News: भोलि बुधबार देखि टिकटक बन्द गर्ने सरकारको निर्णय

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीहरुले उत्पादन गरेका अधिकांश एप्लिकेसनहरु बन्द गराउने भएको छ ।यससँगै चर्चित मुद्दा बनेको टिकटकमाथिको प्रतिबन्ध पनि फुकुवा नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने पूर्वनिर्णयबाट पछि नहट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले यही सेप्टेम्बर १६ तारिख (भदौ ३१ गते) देखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउने बताएका छन् । अब त्यो मिति पर नसारिने पनि उनले बताए । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको छ । यो निकै बढी चर्चाको विषय पनि बनेको छ ।अमेरिकी सरकारले प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने भन्दै राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!