BREAKING: शिक्षा मन्त्रालयले नयाँ विकल्पको रुपमा अब सबै विद्यार्थीलाई घर-घरमा गएर पढाउने !

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको वैकल्पिक उपाय भन्दै असोज १ देखि घर घरमा गएर कक्षा सञ्चालन गर्ने कार्यविधि जारी गरेको छ । यो कसै गरी सम्भव छैन । शिक्षक रहरले घर बसेका होइनन् । उनीहरूलाई पनि आफ्नो मस्तिष्क सक्रिय बनाउने इच्छा छ । कार्यविधि हेर्दा शिक्षामन्त्रीलाई निजी शैक्षिक माफियाले दबाब दिएका हुन् वा साँच्चिकै विद्यार्थीको चिन्ता लागेको हो भन्ने बुझ्न सकिएन । सरकारले काठमाडौंलाई मात्रै हेरेर नियम बनाउनु हुन्न । कतिपय जिल्लाका बालबालिका दिनहुँ ३ घण्टा पैदल हिँडेर विद्यालय आउजाउ गर्छन् । अब के शिक्षक त्यसरी हिँडेरै विद्यार्थीसम्म पुग्न सक्छन् ? *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

पहाडमा एउटा घर डाँडाको फेदमा हुन्छ भने अर्को टुप्पोमा । सहरको जस्तो एकै ठाउँमा थुप्रिएका हुँदैनन् । के त्यहाँ शिक्षामन्त्रीको कार्यविधि कार्यान्वयन होला ? बरु सुरक्षा मापदण्ड अपनाएर विद्यालयमै कक्षा सञ्चालन गर्न सकिन्छ । शिक्षा मन्त्रालयसँग मात्र होइन पठनपाठनलाई कसरी सुचारु गर्ने भन्ने धारणा सरकार इतरका शैक्षिक संघ–संगठनसँग पनि छैन । पाकिस्तानमा विद्यालय खुलेका छन् । सुरक्षा विधि अपनाउँदै पठनपाठन चलिरहेको छ । त्यहाँको अनुभवबाट हामीले सिक्न सक्छौं । हामीले भौतिक कक्षाको विकल्पको रूपमा अनलाइन कक्षा मानेका छौं । वर्षभरि विद्यालयमै पढाउँदासमेत शैक्षिक गुणस्तर सुधार नभएको परिप्रेक्ष्यमा अनलाइन कक्षा कति सफल होला हेर्न बाँकी छ । घर घर गएर पढाउने योजना निजी शैक्षिक संस्थाको पक्षमा छ, विद्यार्थी र अभिभावकलाई यसले खासै फाइदा पुर्‍याउँछ जस्तो लाग्दैन । शिक्षा फेसबुक पेज बाट

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!