कलिलो उमेरमा दुवै मि’गौला फेल भएका पत्रकार ध्रुब बिसीको जीवन रक्षार्थ आर्थिक सहयोगको अपिल !

अछाम। नेपाल पत्रकार महासंघ अछामले जिल्लाका क्रियाशिल संचारकर्मी ध्रुब बिसीको जीवन रक्षाका लागि आर्थिक सहयोग अभियानको थालनी गरेको छ । महासंघ अछामले बिहिबार एक अपिल जारी दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचारार्थ बीसीको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको हो । उच्च रक्तचापका कारण फेल भएका मृगौला प्रत्यारोपण गर्न धेरै रकम लाग्ने भएकाले’–

महासंघ जिल्ला शाखा अछामले बिसीको उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग अभियान थालनी गरेको महासंघ अछामका अध्यक्ष खम्म खत्रीले जानकारी दिए । महासंघ अछाम शाखाका पूर्व कार्य समिती सदस्य एवंम रेडियो सोसाइटी एफएम अछामका निर्देशकमा कार्यरत बिसीको उपचारमा सहयोग पुर्याउन अछामबासी हरेक व्यक्ती, सामाजिक संघ संस्था, स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार तथा देश बिदेशमा रहनु।

भएका सबै नेपालीहरुलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको महासंघका सचिव होम साँउदले बताए । साथै महासंघ अछामले सहयोग संकलन अभियानमा एकद्धार प्रणाली कायम होस् भनेर शाखाको अछाम स्थित नेपाल पत्रकार महासंघ जिल्ला, शाखा अछामको नाममा राष्ट्रिय वाणिज्य बैँक मंगलसेन शाखा रहेको खाता नं। ४२६०००५१७५०१ मा रकम जम्मा गर्न समेत अपिल गरेको सचिव साँउदले बताए । यसै बिच नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले पनि संचारकर्मी धुव्र बिसीको उपचारमा सहयोग होस।

भनेर एक अपलि जारी गर्दै आर्थिक संकलन अभियानमा ऐक्यवद्धता जनाएको छ । महासंघ अछामले थालनि गरेको अभियानमा यूनियन अछामको समेत पूर्ण साथ र सर्मथन रहेको युनियन जिल्ला शाखा अछामका सचिव सुशिल भण्डारीले बताए । युनियनका तर्फबाट संचारकर्मी बिसीको उपचारका लागि सहयोग पुर्याउन सबैलाई आव्हान गरिएको र युनियनले पनि सक्दो सहयोग गर्ने कार्यबाहक अध्यक्ष लोकराज ढकालले बताए । संचारकर्मी बिसी नयाँ पत्रिका दैनिक तथा हिमालय टेलिभिजनमा समेत आवद्ध छन् ।

अछाम। प्रीय शुभचिन्तकहरु नमस्कार !!
म पत्रकार ध्रुव बीसी क्षेत्री। म नयाँ पत्रिका र हिमालय टेलिभिजन तथा अछाम जिल्ला स्थित रेडियो सोसाइटी एफएममा कार्यकारी निर्देशकका रुपमा आवद्ध छु । हाल म उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौको वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरेर बाचिरहेको छु । डाक्टरको सल्लाह अनुसार म संग मिर्गौला प्रत्यारोपण गर्नुको अर्को विकल्प छैन । नयाँ मिर्गौला फेर्न धेरै रकम खर्च गर्नुपर्ने रहेछ ।

यो अवधि अस्पतालको शैयामा धेरै समय बेहोस अवस्थामै विताउनु परेकाले अहिलेसम्म आधिकारिक रूपमा जानकारी गराउन सकेको थिएन । अब नयाँ मिर्गौला फेर्नको लागि मैले परिवारमा मेरो ब्लड ग्रुपको सदस्य खोजी गरेर सल्लाह गरिरहेको छु । तर मलाई यो बेला आर्थिक अवस्था मजबुत नहुदा निकै ठूलो समस्या भैरहेको छ ।

त्यसैले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, पत्रकारका सबै संघ संगठन, मिडिया हाउस, स्वतन्त्र पत्रकार, सरकारी कार्यालय, प्रवासमा बस्नुहुने शुभचिन्तकहरु, व्यावसायि र मेरा हितैसी मित्रहरूलाई तल उल्लेखित बैंक खातामा आफ्नो तर्फबाट गर्नसक्ने सहयोग रकम जतिसक्दो छिटो जम्मा गरेर सहयोग गरिदिनकालागी अनुरोध गर्दछु । खाता न :- 4260100006342010 / खाताको नाम :- ध्रुव बीसी
बैंक :- रास्ट्रीय वाणिज्य बैक, मंगलसेन शाखा अछाम !

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!