भारतले दियो अनुमति यो मितिबाट आइपिएल हुने पक्का , पुरा विवरण सहित

१९, श्रावण २०७७
काठमाडौं-इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले लिग सुरु गर्ने निर्णय गरेको हो । भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न अनुमति पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । फाइनल खेल नोभेम्बर १० मा गर्ने निर्णय गर्दै बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ । कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ । बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ । ***** यो समाचारको भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला ****

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!