मौसम विवरण : आज देशका यी स्थानमा भारी बर्षा हुने सचेत रहन अपिल !

काठमाडौं । आज शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज देशका बिभिन्न स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको जनाइएको छ । नेपालको पुर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । विभागका अनुसार आज दिउँसोपछि’

देशको प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक–दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । त्यस्तै आज राति पनि देशका प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ । देशका केही स्थानमा ठुलो पानी पर्ने हुनाले बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!