यस वर्षको (SEE) एसईईको नतिजा यसरी हेर्नुहोस !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हेर्ने तरिकाबारे जानकारी दिएको छ । केही दिनमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले नतिजा हेर्नेबारे पनि जानकारी दिएको हो । यस वर्ष एसईईको परीक्षा नलिएको बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो गत चैत ६ गतेका लागि निर्धारित एसईईको परीक्षा अन्तिम समयमा कोरोनाभाइरस (कोभिड १९)को कारण स्थगित गरिएको थियो ।

कोरोनाभाइरसको महामारीका कारण यस वर्ष एसईईको परीक्षा नलिइए पनि विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत पठाएको अंक रुजु सकेर नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटिरहेको छ । यस वर्षको एसईई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिने जानकारी दिएको बोर्डले विभिन्न वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!