अब सुन सेल्फ़िमा मात्र सिमित हुने भो, बजारमा सुनको भाउले आकाश छोयो, तोलाको १ लाख पुग्न १ हजार कम”

काठमाडौं,२०७७ साउन १५ । नेपाली बजारमा सुनको मोलले आकाश छोएको छ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । आमसर्वसाधारणका लागि सुन लगाउने होइन हेर्ने धातुका रुपमा मात्रै सीमित हुने अवस्था देखिँदैछ । एक तोला सुनकै मूल्य एक लाख नजिक पुग्दा सामान्य आय भएकाहरुले जिब्रो काढ्नु पर्ने अवस्था भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेसँगै तोलाको मोल एक लाख छुन लागेको छ । अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९६२.१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१.६० मा कारोवार भएको थियो । हेर्नुहोस केहि भाइरल सुन सेल्फी तस्बिर :

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!