क’ण्डम निःशुल्क हुँदा प्या’ड किन हुँदैन ?

सिर्जना बस्नेत : आज बिहानदेखि तल्लो पे’ट दुखिरहेको छ । चिसो महिना ला’गेदेखि नै म’हिनावारी हुनु एक ह’प्ता अगाडिदेखि ढाड दुख्ने व्यथा बोनसमा पाएको छु । सँधै जस्तै यो महिना पनि कहिले महिनावारी हुने हो केही पत्तो छैन । महिनै पि’च्छे तालिका बदलिन्छ । कहिले म’हिनाको सु’रुमै त कहिले महिनाको अन्त्यमा। निश्चित समयमै म’हिनावा’री नहुने यो समस्याले गर्दा पुर्व योजना अनुसार केही तयारी गर्न पाउँदिन ।

अनि खुबै ढाड दुखेको छ । ब्यागमा प्या’ड बोक्नै भुलेछु । कार्यालयमा साथी भएको बेला त साथीलाई भनेर बेलैमा कोठा निस्कन नि पाइन्छ । साथी बिदामा भएको बेला एक्लै कार्यालयमा हुँदा धेरै पटक मलाई आपत आइलागेको छ । कार्यालय बन्द गर्न पनि नमिल्ने योनिबाट बगेको र’गत रो’क्न स’किने त कुरै भएन । आज मैले त्यही आपतको सामना गर्नु पर्ने नि’श्चित भएको छ । सहकर्मी साथी पुरुष हुन् । साह्रै गाह्रो भए मोटरसाइलमा राखेर घरसम्म पुर्याइदिन्छन् । तर प्याड भने किनेर ल्याइदिन उनको पुरुषत्वले कहि’ल्यै दिँदैन ।

बिहान दस नबज्दै कार्यालयको ढोका अगाडि हतारिएका सेवाग्राही उभिएका थिए । उनीहरुको काम गर्दै गर्दा मेरो तल्लो पेटको दुखाइ पा’ठेघरबा’ट बढेर आ’न्द्रा भूँ’डी नै गि’जोल्न थालिसके झैं भइसक्यो । प्या’ड सा’थमा नभएकोले मलाई दु’खाइको पी’डा भन्दा बढी बगे’को र’गत कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्ता थियो । कार्यालयमा एक्लै अनि सेवाग्राहीको भीड। न नजिकै प्याड पाइने पसल ।

दुखाइलाई बेवा’स्ता गर्दै सेवाग्राहीको का’ममा ध्यान लगाएँ । सेवाग्राहीको काम गर्दै गर्दा जति पटक कलम चलाएँ यस्तो लाग्यो मैले कलमको मसि कम र बगेको रग’तले बढी लेखि रहेको छु । हुन त हाम्रो अड्डा जिल्लाकै मुख्य कार्यालयको हाता भित्र छ । जिल्ला प्रशासनको सार्वजनिक शौै’चालय प्रयोग गर्न पाएका छौँ । शौ’चालय अरु कार्यालयहरुको भन्दा सफा र पानीको पनि राम्रो व्यवस्था छ ।

तर, महिला शौचालयमा प्या’डको व्यवस्था छैन । त्यसैले पटक पटक शौ’चालय गएँ, बगेको रगत पखालेर आएँ । रोक्नै त कहाँ सक्थें र ! केही दिनअघि एक अनलाइनमा आएको समाचारले भने मन फुरुङ्ग बनायो । स्कुलमा महि’नावारी भए के गर्ने, ज्ञानोदयमा डर छैन, प्याड झर्ने मेसिन छ नि’ शिर्षकको समाचार पढें । स्कुलमा महिनावारी हुँदा पढाइबीचमै छाडेर घर दौ’डिएको याद आयो । हामी केटी साथीहरु मात्र होइन पढाउने म्याडमहरुको कथा पनि त्यही थियो ।

थियो के भनौं, अझै छ । आपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् । मैले जुन असहजता भोगें मेरी बहिनीले पनि त्यहि कथाको पात्र बन्नु परेको छ । स्कुल पढ्दादेखिको समस्या जागिर खाँदासम्म नि उस्तै छ । सार्वजनिक शौचालय प्रयोग गर्ने महिला सेवाग्राहीहरुको लागि प्याड मात्र व्यवस्था गर्न सके रगतको दाग लुकाउँदै कार्यालयको कोठा कोठा चहार्नु पर्ने थिएन ।

ज्ञानोदय स्कुलले जस्तै अन्य स्कुलमा प्याडको व्यबस्था गर्न सके मैले जसरी अरु बहिनीहरुले पढाइ बीचमै छाडेर आमाको मैलो टालो च्यात्नु पर्ने थिएन । भुकम्प पछि धेरै विद्यालयहरु बाल मैत्री बनाउनु पर्छ भनेर पहल गर्नेहरुले पनि शौचालय किशोरी मैत्री बनाउनु पर्छ भन्ने तर्फ ध्यान कमै मात्र दिइयो । अकस्मात चोट लागेर बगेको रगत रोक्ने ब्यान्डेज स्कुलमा छ । तर, अकस्मात महिनावारी भएर बगेको रगत रोक्ने प्याड सबै स्कुलमा छैन ।

मैले पहिलो पटक कान्तिपुर मिडिया हाउसको महिला शौचालयमा निःशुल्क प्रयोग गर्नको लागि राखिएको प्याड देख्दा अचम्मित भएको थिएँ । महिला मात्रै काम गर्ने धेरै कार्यालयहरुमा समेत उनीहरुले प्रयोग गर्ने शौचालयमा प्याड राख्न ध्यान नजानुले स्पस्ट देखाउँछ कि हामी अफै खुलेर महिनावारीको कुरा गर्न सक्दैनौं । महिला स्वस्थ्यकर्मीसँग कण्डम किन्न नहिचकिचाउने मेरो पुरुष मित्रहरु आपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् ।

सरकारले निःशुल्क कण्डम वितरण गर्न थालेको लामो समय भइसकेको छ । त्यसैले गाउँघर तिर पनि कण्डमको प्रयोगबारे मानिसहरु खुलेर कुरा गर्दछन् । सरकारले महिनावारी हुँदा लाग्ने प्याड निःशुल्क वितरण गरिदिए महिलालाई धेरै राहत हुने थियो । सरकारमा धेरै मन्त्रीहरु फेरिए । तर, महिनावारीको बाध्यतामा प्रयोग गर्ने प्याडलाई निःशुल्क तथा सहुलियत दरमा वितरण गर्ने तर्फ भने ध्यान नै दिएनन् ।

उनीहरुलाई लाग्दो हो जाबो महिनावारीको कुरा पनि मन्त्रीले गर्ने हो र १ तर, मन्त्री ज्यू स्कुलमा प्याड नहुँदा छोरीले कत्ति समस्या भोग्नु परेको थियो फुर्सद निकालेर सोध्नु होला । त्यसपछि तपाईंले बुझ्नुहोला प्याड सहज नहुँदाको पीडा । आफ्नै कार्यालयमा काम गर्ने महिला दिदीबहिनीलाई पनि सोध्नुहोला सार्वजनिक शौचालयमा प्याड नहुँदा रगत चुहाउँदै जागिरमा आएको पीडा । प्रत्येक आमालाई सोध्नु पुरानो हुँदै जाँदा उनको धोति फरिया र पोटुका किन च्यातिदै गयो भनेर ।

उनले सहजै उत्तर दिने छिन् ‘छोरीको महिना महिनामा बग्ने रगतले बगाएर लग्यो’ भनेर । सत्तरी रुपैयाँ भए भटमासको आधा लिटर तेल आउने थियो भन्ने काकीले कहिल्यै प्याड किन्ने आँट गर्नै सक्दिनन् । सामान्यतया १३ वर्षबाट महिनावारी भएका छोरीहरु ४५ वर्षसम्म महिनाको एक पटक रगतमा डुबेकै हुन्छन् । अझै पनि गाउँका मेरै उमेरका महिलाहरुले प्याडको प्रयोग गर्न सिकेकै छैनन् । उनीहरु अझै मैलो टालो योनिमा घँुसारेर रगत बग्न रोक्न बाध्य छन् । प्याडको बारेमा जानकार र किन्ने आँट हुनेहरुलाई समेत मंहगो भार परेको छ ।

बजारमा पाइने गुणस्तर सेनेटरी प्याडको मुल्य १ सय ३० रुपैयाँ पर्दछ । महिनामा दुई प्याकेट नभई ५ दिन कटाउन सकिँदैन । एक महिनामा २ सय ६० रुपैयाँ प्याड किन्नै खर्चिनु पर्दछ । यही हिसाबमा पनि वर्षमा ३ हजार १ सय २० रुपैयाँ महिनावारीकै लागि जोगाउन आवश्यक हुन्छ । आफ्नो जीवनको ३२ वर्ष ९१३ वर्षदेखि ४५ वर्ष० एउटी महिला महिनावारीकै चक्रसँग घुमिरहेकी हुन्छे । ३२ वर्ष सम्ममा त ९९ हजार ८ सय ४० रुपैयाँ त रगत रोक्ने प्याड किन्न खर्च गर्नुपर्छ ।

कण्डम निःशुल्क बाँड्नाले यौन रोग र जनसंख्या वृद्धि रोक्न मदत त पुगेको होला । कण्डमको प्रयोग र मानिसको रोजाइको बीचमा विकल्प पनि छ । तर, महिनावारीलाई रोक्ने अन्य विकल्पको प्रयोग गर्न सम्भव छैन । किनकी यो प्रजनन् क्षमताको लागि सक्षम हरेक महिलाको प्राकृतिक प्रकृया हो । हुर्किदै गरेका किशोरीहरुले कुनै हिचकिचाहट सार्वजनिक शौचालय अनि सरकारी स्वास्थ्थ चौकीबाट निःशुल्क प्याड प्रयोग गर्ने दिन आउला त स्वास्थ्य मन्त्री ज्यू ? श्रोत -द नेपालटप

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!